बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त

काठमाडौँ, ८ चैत । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त भएका छन् ।

बिहिबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरि भट्टराईलाई अध्यक्ष पदमा नियुक्त गरेको जानकारी दिएका छन ।

भट्टराई नेपाली चलचित्र क्षेत्रका कलाकार तथा निर्माता हुन् । उनले ‘सो सिम्पल’, ‘आफ्ना मान्छे’, लगायत आधा दर्जनभन्दा बढि फिल्म निर्माण गरेका छन् । उनले निर्माण गरेको पछिल्लो फिल्म ‘यात्राः अ म्यूजिकल भल्ग’ प्रदर्शनको तयारीमा रहेको छ ।

बोर्डको अध्यक्षमा नियुक्त भएको भट्टराईले भोली शुक्रवारदेखी बोर्डमा हाजिर गर्नेछन् । निकिता पौडेलले राजिनामा दिएपछि रिक्त भएको बोर्ड अध्यक्षको लागि पाँच जनाको दरखास्त परेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com