इराकको टिगरिस नदीमा डुंगा डुब्दा ९२ जनाको मृत्यु

एजेन्सी, ८ चैत । इराकको मोसुल शहरस्थित टिगरिस नदीमा एक डुंगा डुब्दा कम्तिमा ९२ जनाको मृत्यु इराकको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा परि अन्य व्यक्तिहरु वेपत्ता रहेको जानकारी दिएको सीएनएनले लेखेको छ । डुंगामा २ सय जनाभन्दा बढी सवार थिए । उनीहरु सबै घुम्नका लागि एक पर्यटकीय आइल्याण्डमा जाँदै गरेको बताइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com