नेपाल र जापानबीच श्रम सम्झौता सम्पन्न
काठमाडौं, ११ चैत । नेपाल र जापानबीच कामदार लैजाने विषयमा श्रम सम्झौता भएको छ।
आज ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा आगामी अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर भएको हो ।
नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डाक्टर रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार अब जापानले भाषा परिक्षा पास गरेका योग्य कामदार जान पाउने भएका छन् भने उनीहरुको न्यूनतम तलब २ लाख रुपैयाँ हुनेछ।
जापानले नयाँ नीतिसँगै पहिलो पाँच वर्षमा ६० हजार नर्स र रेष्टुरेण्ट क्षेत्रमा ५३ हजार भित्र्याउने लक्ष्य राखेको छ ।