कांग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज
काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गत शुक्रबारदेखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसीयुमा रहेर उपचार गराएका सिटौलाको स्वास्थ्यमा सुधार आएपछि मंगलबार बिहान डिस्चार्ज गरिएको हो ।
सिटौलाको आन्द्राबाट रक्तश्राव भई रगतमा हेमोग्लोविनको मात्रामा कमि देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
उपचारबाट स्वास्थ्यमा सुधार आएपछि सिटौला डिस्चार्ज भएको सिटौलाका सहयोगी प्रेम भट्टर्राइले जानकारी दिए ।