मिडियालाई हट न्युज चाहिने, म कुल परेँ : मेयर शाक्य

काठमाडौं, १३ चैत । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सञ्चार माध्यमसँग गुनासो गर्दै मिडियालाई हट न्युज चाहिने आफु कुल परेँको बताएका छन  ।

मंगलबार पाँचवटा ब्रुमरमार्फत सडक सफाइको उद्घाटन गर्दै आफूले विस्तारै विस्तारै राम्रो काम गरिरहे पनि सञ्चार माध्यमले चासो नदिएको बताए ।

उनले भने, मिडियालाई पनि हट–हट (तातो) न्युज चाहिने रहेछ, मेयर कुल–कुल (शितल) परेको चाहिँ थाहा छैन,’ मेयर शाक्यले धुलो सिर्जना गर्ने निर्माण व्यवसायीलाई पनि खबरदारी गर्न पत्रकारलाई आग्रह गर्दै भने धरहरा क्षेत्र, बसपार्क क्षेत्रमा भइरहेको कामले सडकमा धुलो आइरहेको छ, त्यसमा पनि तपाईंहरुले लेखिदिनुपर्‍यो ।’

मेयर शाक्यले साँघुरा सडक र गल्लीमा पनि ब्रुमर चलाउने योजना रहेको बताउदै अब तत्कालै दुईवटा थप्ने जानकारी गराए । उनले भने, ‘हामी फाराकिला सडकमा मात्रै हैन ३ मिटरसम्मका साँघुरा सडकमा पनि ब्रुमर लगाएर सफा गर्छौं ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com