विश्वका पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ
काठमाडौँ, १३ चैत । सन् २०१९ मा विश्वका २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ ।
अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको काठमाडौँलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो ।
ट्रिप एडभाइजर डटकमले काठमाडौँ उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न उद्यान, काठमाडौँ, ललितपुर, भक्तपुर दरबार क्षेत्रका साथै ठमेललगायत स्थानलाई दर्शनीयस्थलका रुपमा चित्रण गरिएको छ ।
ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमको पहिलो स्थानमा संयुक्त अधिराज्यको राजधानी लण्डन, दोस्रोमा फ्रान्सको प्यारिस, तेस्रोमा इटलीको रोम, चौँथोमा ग्रीसको क्रेट र पाँचौमा इण्डोनेशियाको बाली रहेका छन् ।