सांसद बस्नेत तथा व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति संघको आपत्ती

भक्तपुर, १३ चैत । भक्तपुर उद्योग बाणीज्य संघले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, भक्तपुर प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठ तथा भक्तपुरका प्रतिष्ठित व्यवसायी कृष्ण प्रसाद ताम्राकारलाई केही सञ्चार माध्यममा कपोकल्पीत, भ्रामक समाचार प्रकाशित गरेको भनि कडा आपत्ती जनाएको छ ।

संघले आज एक विज्ञप्ती जारी गर्दै संघका पूर्वअध्यक्ष तथा व्यवसायी ताम्राकार र शरु महत तथा उनको श्रीमान मनसुन भनिने मणी विक्रम शाह समेतको बीचमा भएको कारोवार लेनदेनको रुपमा जिल्ला अदालतमा मुद्धा अदालतमा विचारधिन रहेको अवस्थामा अदातलको अनुसन्धानलाई नै प्रभावित गर्ने मनासायको साथ नीज मनसुनले केही मिडियामा नकरात्मक हल्ला फैलाई कानुनी राज्यको खिल्ली उडाएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘मुद्धाको किनारा नलाग्दै तथ्यलाई तोडमोड गरी केही सञ्चार माध्यमबाट भक्तपुरका प्रतिष्ठित व्यवसायी कृष्ण प्रसाद ताम्राकार सहित भक्तपुर जिल्लाका माननीय सांसद तथा पूर्वउद्योगमन्त्री महेश बस्नेत लगायत प्रहरी प्रशासन भक्तपुरको समेत बदनाम गराउने बदनियतले सम्मानित अदालतको अन्तरिम आदेश विपरित समाचार सम्प्रेषण भएको देखिएकाले यसरी कानुन विपरित गलत मनाशाय राखी समाचार सम्प्रेषण गर्नु कानुनको दृष्टिकोणले दण्डनीय त छदैछ, संलग्न नै नरहेको प्रतिष्ठित व्यक्तिहरुको समेत व्यक्तिगत चरित्र हत्या गर्ने दुराशयपूर्ण मनशाय राखेको विषयमा भक्तपुर उद्योग बाणीज्य संघ खेद प्रकट गर्दछ र यस्ता गलत समाचारको खण्डन पनि गर्दछ । अव उप्रान्त सत्य तथ्य कुरा बुझेर मात्र समाचार सम्प्रेषण गरिदिनका लागि सम्बन्धीत सञ्चारकर्मी मित्रहरुमा हार्दिक अनुरोध पनि गर्दछौं ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com