तालले प्राकृतिक रुपमै रङ्ग फेरेर गुलाबी बनेपछि

एजेन्सी, १६ चैत । अष्ट्रेलियाको मेलबर्नमा रहेको एउटा ताल गुलाबी रङ्गमा परिवर्तन भएको छ ।

मानवनिर्मित चर्को घाम, कम वर्षा र बढ्दो तापक्रमका कारण तालमा रहेका लेउले ‘बेटो कारोटेन’ भनिने रातो रसायन उत्पादन गरेर पानीको रङ्ग गुलाफी भएको बताइएको छ ।

ताल हालै गुलाफी बनेपछि यहाँ पर्यटकको घुँइचो लाग्न थालेको छ । तालको गुलाफी रङ्ग मौसम चिसो नभएसम्म कायम रहने बताइएको छ ।

उक्त  ताल सन् २०१३ देखि नै प्राकृतिक रूपमै रंग फेरिन थालेको बताइन्छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com