‘क्याप्टेन’ को रेकर्ड तोड्दै ‘ए मेरो हजुर ३’ ट्रेलर

काठमाडौँ, १६ चैत । अभिनेता अनमोल स्टारर फिल्म ‘क्याप्टेन’को ट्रेलरलाई नायक अनमोलकै फिल्म ‘ए मेरो हजुर ३’ ट्रेलरले रेकर्ड  तोडेको  छ  ।

फिल्म ‘क्याप्टेन’को ट्रेलरले युट्युब रिलिजको २४ घण्टामा ८ लाख १० हजार भ्यूअर्स रहेको थियो । ‘ए मेरो हजुर ३’ को ट्रेलरलाई २४ घण्टामा ८ लाख ११ हजार बढी पटक हेरिएको छ । पूर्ण रुपमा कमर्शियल बनाइएको ट्रेलरलाई ४९ हजार बढी लाइक्स मिलेको छ भने कमेन्ट गर्नेहरुको संख्या २४ घण्टामा ७ हजार ७ सय बढी छ ।

फिल्मबाट डेब्यू गरेकी सुहाना थापाको अभिनय र सुन्दरतालाई पनि थुप्रै तारिफका कमेन्ट प्राप्त छन् । फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रेअर राई, रबिन्द्र झा, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहेको  छ ।

झरना थापाको निर्देशन  रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही चैत २९ गतेबााट देशभर प्रदर्शन हने फिल्मलाई सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको  छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com