आर्थिक अभावले विकास रोकिन दिन्न : सांसद बस्नेत

भक्तपुर, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास, सुशासन, समृद्धि र पारदर्शिता आजको अपरिहार्यता रहेको बताउँदै कुनै पनि विकासमा आर्थिक अभावले रोकिन नदिने बताउनुभएको छ ।

बालकोट ढल निर्माण तथा सरसफाइ उपभोक्ता समितिको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले देशको मुहार हाम्रौ पालामा सम्भव रहेको बताउनुभयो । उहाँले विकास निर्माणमा जहाँ समस्या त्यहीँ समाधान गर्दै विकास र समृद्धिको जनताको सपनाको सपना साकार बनाएरै छोड्ने बताउनुभयो ।

देश बदल्न सवैले आ–आफ्नो ठाउँबाट जुट्नलाई आग्रह गर्दै देश विकासमामा यो वर्ष आधार वर्ष भएको र आगामी वर्षहरु जनताको सपना पुरा गर्ने वर्षहरुको रुपमा स्थापीत हुने बताउनुभयो । उहाँले जनतालाई निराश नभई उत्साहित हुन आग्रह गर्दै पूर्वाधारको प्रयोग गर्न स्रोत, साधन र शक्तिको परिचालन गर्ने आधारमा मानिसको दक्षता र दक्षता प्रकट हुने बताउनुभयो । उहाँले असहजतालाई सहजताका रुपमा परिणत गर्दै स्थानीय स्रोत, साधन र शक्तिको प्रयोग गरी एक पछि अर्को गर्दै विकासमा फड्को मार्नुपर्ने बताउनुभयो ।

विकासमा दुधबाट घ्यु बनाउन सक्नुपर्ने बताउँदै सांसद बस्नेतले डोलेश्वर महादेब सिपाडोलको शक्ति र विकासको आधारमात्र नभई स्थानीय ठाउँको मूहार फेर्ने मेरुदण्ड भएको बताउनुभयो । बालकोटमा पूर्वाधारका धेरै कामहरु गर्नुपर्ने बताउँदै अघिल्लो बर्ष प्रधानमन्त्री केपी ओलीको नाम जोडेर नै दुई करोड ३८ लाख ढलको लागी बजेट ल्याउन सफल भएको जानकारी गराउनुभयो ।

चारदोबाटोबाट बालकोट जाने सडकमा पाँच करोडको लागतमा टेण्डरको प्रकृया अघि बढेको, गणेश प्रा.वि हुँदै आउने सडक टेण्डरको प्रकृयामा रहेको, बालकोट बाट रानीकोट सम्मको सडकका लागि अन्तिम सर्भे भइसकेको, दक्षिण बाराहीदेखि पानिट्याङ्कीको सडक प्रदेश सरकारले पाँच करोडको व्यवस्थापन गरेको लगायतका पाँच करोड भन्दा माथिका पाँचवटा सडकका काम अघि बढेको जानकारी गराउनुभयो ।

उपत्यका प्राधिकरणको आयोजनामा बालकोटमा मात्र १३ वटा साना सडक निर्माणको प्रकृयामा रहेको बताउँदै उहाँले ढल व्यवस्थापनको लागि डिपिआर गर्न ३५ लाखको अनुमान गरिएको बताउँदै बालकोटमा बहुवर्षिय ठेक्कामा खानेपानी तथा ढलको काम गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीलाई काममा लाग्न आग्रह गर्दै विकास निर्माणमा आवश्यक बेजेटको व्यवस्थापन गर्न आफ्नो तर्फबाट कुनै पनि कसर चाल्न पपिछ नपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सिलान्यास भएको दुई महिनामा छ किलोमिटर काम भइसकेको बताउँदै उहाँले हनुमन्ते करिडोर नेपालकै सवैभन्दा तिव्र गतिमा काम भएको मध्येको एउटा आयोजना भएको बताउनुभयो । उहाँले हुनमन्ते करिडोरको बाँकी दुई चरणको टेण्डरको प्रकृयामा रहेको जानकारी गराउँदै हुनमन्ते नदीको दाँया बायाँ एकिकृत जग्गा एकिकरणको आयोजनाको माध्यमबाट सुन्दर वस्तीको निर्माण हुने जानकारी गराउनुभयो ।

चारवटा ठूला पुल हनुमन्ते नदीमा टेण्डरको प्रकृयामा रहेको बताउँदै सांसद बस्नेतले तीनवर्ष भित्रमा अरनीको राजमार्गको बैकल्पीक सडकको रुपमा हनुमन्ते करिडोर हुने समेत बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com