सम्पादक बस्नेत सिको चाइनाको पहिलो आधिकारिक प्रतिनिधि नियुक्त

काठमाडौँ, १८ चैत । नेपाल आउटलाईन डटकमका सम्पादक शैलेन्द्र बस्नेत सिल्क रोड इन्टरनेसनल कल्चरल इकोनोमिक्स एण्ड ट्रेड कोअपरेसन कम्युनिकेसन अर्गनाइजेसन (सिको-SICO)को पहिलो नेपाल प्रतिनिधीको रुपमा नियुक्त हुनुभएको छ ।

सिको चीन सरकारको राष्ट्रिय रणनिती अन्तगर्तको ‘वन बेल्ट वन रोड’ परियोजनाको लक्ष्य प्राप्तिका लागि सबैभन्दा प्रभावशाली गैरसरकारी संगठन हो । सिको अन्तर्गत हाल विश्वभर विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।

सिल्क रोड परियोजना सन् २०१३ मा चीनका राष्ट्रपति सि जिपिङले पहिलो पटक अघि सारेको रेशम मार्ग आर्थिक करिडोर हो । २१ औ शताब्दीको सबैभन्दा ठूलो परियोजनाको रुपमा रहेको रेशम मार्ग चिनियाँ सरकारको सोच र कार्ययोजनाको रुपमा मार्च २०१५ मा बाहिर आइसकेको छ । यसका लागि सिल्करोड फन्ड अन्तर्गत ४० विलियन डलर र AIIB (Asian Infrastructure Investment Bank) मार्फत १०० विलियन रकम जम्मा भइसकेको छ । यो योजना लचिलो, समावेशी र खुला योजनाका रुपमाअघि सारिएको छ ।

विश्वका करिव ६० देशहरु यसका संस्थापक सदस्य बनिसकेका छन् । युरोपकै वेलायत, जर्मनी, इटाली र फ्रान्स जस्ता देशहरु यसको सदस्य बन्न तयार हुनुले यसलाई निकै बलियो आधार प्रदान गरेको छ । नेपाल पनि सिल्क रोड परियोजनाको हिस्सेदारका रुपमा रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com