हावाहुरीबाट ज्यान गुमाएका २७ मृतकको सनाखत
काठमाडौँ, १८ चैत । बारा र पर्सामा आइतबार राति आएको भीषण हावाहुरीका कारण ज्यान गुमाएका २७ जनामध्ये २५ जनाको सनाखत भएको छ ।
गृहमन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको सूची अनुसार ज्यान गुमाउनेमा ५ बालबालिकाका साथै १२ जना पुरुष र १० जना महिला छन् ।