निर्देशक बोहोराको ‘चलखेल’ मा प्रियंका

काठमाडौँ, १९ चैत । अभिनेत्री प्रियंका कार्की नयाँ फिल्म ‘चलखेल’ मा अनुबन्ध भएकी छन ।

भरेष्ट सूर्य बोहोराले निर्देशन गर्ने नयाँ फिल्म ‘चलखेल’ मा निर्माण कम्पनी सिनेमाण्डु इन्टरटेन्मेन्टका लेखबहादुर पुन र अभिनेत्री कार्कीबीच कागजी सम्झौता भएको छ ।

जेठबाट छायांकन सुरु हुने फिल्म ‘चलखेल’ मा अहिलेसम्म अभिनेत्री प्रियंकाको जोडी भने फाइनल गरिएको छैन । निर्देशक बोहोराकै कथा तथा पटकथा रहने फिल्मको जेठ दोस्रो साताबाट छायांकन सुरु हुँदैछ । फिल्म पूर्णतया कमेडी कथामा बन्ने बताइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com