बारा र पर्सामा विनाशकारी हुरीका कारण भत्कीएका घर सरकारले बनाइदिन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार साँझ बारा र पर्सामा विनाशकारी हावाहुरीका कारण भत्कीएका घरहरु केन्द्र सरकारले बनाइदिने बताउनुभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुरी प्रभावित गाउँहरुमा उक्त जानकारी गराउनुभएको हो । पीडितहरुलाई छाटो सम्बोधन गरेका उहाँले नेकपाको तर्फबाट मृतकको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘आज विहान मात्र मेरो प्रधानमन्त्रीजीसँग पनि कुरा भएको थियो । सरकारले सबै क्षतविक्षत भएका घरहरु बनाइदिने निर्णय भएको छ । यो जानकारी पनि म गराउन चाहन्छु ।’ घाइतेको उपचार खर्च व्यहोर्ने र बालीनालीको क्षतिमा पनि सरकारले सहयोग गर्ने उहाँले जानकारी गरानुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com