त्रिभुवन विमानस्थलको स्तरोन्नति आजबाट औपचारिक रुपमा सुरू

काठमाडौँ, २० चैत ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे (धावनमार्ग) स्तरोन्नति सुरू भएको छ ।

बुधबारबाट औपचारिक रुपमा सुरू भएको विमानस्थलका अधिकारीहरुको उपस्थितिमा पूजा गरेर स्तरोन्नतिको काम सरू गरिएको हो ।

सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न लागिएको हो ।

धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुने भएको छ । स्तरोन्नतिको काम थालिएकाले दैनिक १० घण्टा उडान बन्द हुने विमानस्थलले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com