राजविराजमा पुनः विमान सेवा बन्द
सप्तरी, २० चैत । सप्तरीको राजविराज विमानस्थल सञ्चालनमा आएको १० महिना नबित्दै पुनः विमान सेवा बन्द भएको छ ।
सूचना बिना नै एयरलाइन्स कम्पनीले विमान सेवा बन्द गरेको राजविराज नागरिक उड्डयन कार्यालयले जनाएको छ । प्राविधिक त्रुटी देखाउँदै केही महिनादेखि ३ दिन उडान भर्दै आएको श्री एयरलाइन्सले सोमबारदेखि अनिश्चितकालीन उडान सेवा बन्द गरेको छ ।
वि सं २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व.गणेशमान सिंहले शिलान्याश गरी सञ्चालनमा ल्याएको विमानस्थल हो ।
राजविराज नागरिक उड्डयन कार्यालयले विमानस्थलको पूर्वतर्फ ७ सय मिटरकै दुरीमा ९० फिटको अग्लो ४ वटा चिम्नी (ईट्टा भट्टा) का कारण विमान सेवा सञ्चालनमा गम्भीर समस्या भइरहेको जनाएको छ ।