राष्ट्रिय विकास परिषदको बैठक सुरू
काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटनमा राष्ट्रिय विकास परिषदको दुईदिने बैठक सुरु भएको छ ।
काठमाडौँको होटल सोल्टीमा आयोजना गरिएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायतको उपस्थिति रहेको छ ।
बैठकमा सहभागी हुन तीनै तहका सरकारी अधिकारीहरु पनि आइपुगेका छन् । आयोगले २५ वर्षे दीर्घकालीन सोचसहित आधारपत्र तयार पारेको छ ।
पन्ध्रौं योजनाको आधारपत्रलाई बैठकले अन्तिम रुप दिने राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेतीले जनाएको छ ।