विनाशकारी हावाहुरीको क्षतिप्रति भारतद्धारा दुःख व्यक्त (विज्ञप्तिसहित)
काठमाडौँ, २० चैत । छिमेकी मुलुक भारतले बारा र पर्सामा आइतबार राति आएको विनाशकारी हावाहुरीको क्षतिप्रति दुःख ब्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त विपत्तिमा भएको जनधनको क्षतिप्रति गहिरो शोक व्यक्त गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय सरकार नेपालको आवश्यकता अनुसार सहयोग गर्न तत्पर रहेको उल्लेख छ ।