हिमालयन ऊर्जाको आइपीओ खुल्यो

काठमाडौँ, २० चैत । हिमालयन ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ता सेयर आइपीओ बिक्रि खुला गरेको छ ।

कम्पनीले ३ प्रतिशत ४४ हजार ५ सय ५० कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 प्रतिकित्ता सय रुपैयाँका दरले खुलाइएको यस सेयरमा चैत २५ गतेसम्म आवेदन दिन सकिने छ । सो समयसम्म पर्याप्त आवेदन नपरेको अवस्थामा भने बैशाख १९ गतेसम्म म्याद थप हुनेछ ।

यसमा न्युनतम ५० कित्तादेखि ६ हजार ५ सय कित्तासम्म आवेदन दिन पाइनेछ । क्रेटिड रेटिङ एजेन्सी इक्रा नेपालले हिमालय उर्जाको आइपिओलाई ग्रेड ४ रेटिङ दिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com