मीटूका कारण मेक्सिकन रकस्टार गिलद्वारा आत्महत्या

एजेन्सी, २१  चैत । मीटूका कारण मेक्सिकन रकस्टार अर्मान्डो भेगा गिलले आत्महत्या गरेका छन्  ।

मेक्सिकन एक रक ब्यान्डका बेसिस्ट ६४ वर्षीय अर्मान्डोले मीटूमार्फत आफूलाई यौन दुर्व्यवहारको गलत आरोपमा फसाइएको, आफू निर्दोष रहेको र आरोप असत्य रहेको लामो स्टाटसको ‘सुसाइड नोट’ ट्वीट गरी घरमै आत्महत्या गरेका छन ।

मीटू मेक्सिकन म्युजिसियन नामक ह्यागट्यागमार्फत एक युवतीले आफू १३ वर्षको छँदा अर्मान्डोले यौन दुर्व्यवहार गरेको आरोपसहित सामाजिक सञ्जालमा लेखेकी थिइन्  ।

अर्मान्डोले आरोप लगाइसकेपछि मान्छेले शंका गर्न थालेको र आफूले सामाजिक सञ्जालमा प्रतिरक्षा गर्न नसकेको भन्दै यसले आफ्नो करिअर नै समाप्त हुनेछ भन्ने लागेको आत्महत्या गर्नुअघि उनले चिठीमा लेखेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com