भक्तपुरलाई सुशासनयुक्त तथा भ्रष्टाचारमूक्त बनाउँछौं : सांसद बस्नेत

भक्तपुर, २१ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भुमीसुधार, यातायात, नापी, मालपोत लगायतका सेवाग्राहीको भिड लाग्ने ठाउँमा भ्रष्टाचार तथा अनियमितताको अन्त्य गर्न आगामी दिनमा हेल्प डेक्स राखी भक्तपुरलाई सुशासनयुक्त तथा भ्रष्टाचारमूक्त बनाउने अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिकाले आयोजना गरेको वृहत एकिकृत घुम्ती शिविर, सार्वजनिक सुनुवाई र ६२औं राष्ट्रिय सहकारी दिवसको अवसमा बोल्दै सांसद बस्नेतले भक्तपुरमा सेवा ग्राहीको बढी भिड लाग्ने ठाउँको अनियमितता र भ्रष्टाचारको अन्त्यका लागि नागरिक समाज, अभियान्ताहरु मध्येबाट दैनिक रुपमा हेल्प डेक्समा ५/७ जनाको उपस्थिती गराउने साथै आवश्यकता अनुसार दक्ष प्रहरी तथा नेपाली सेनाको समेत प्रयोग गर्ने समेत योजना रहेको जानकारी गराउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले गाउँ गाउँमा सिंहदरवार पुर्याउने तथा आधारभूत तहको जनतालाई सुविधा दिने कार्य अन्तर्गत सूर्यविनायकको गुण्डूबाट शुरु भएको घुम्ती शिविर बुधवार चाँगुनारायण नगरपालिकामा भएको बताउनुभयो ।

सांसद बस्नेतले पादर्शिता, भ्रष्टाचार रहित ढंगले एकिकृत घुम्ती शिविरका माध्यमबाट आधारभूत तहका हजारौंले सेवाग्राहीले सहज रुपमा सेवा लिने वतावरण सिर्जना गरेकोमा आयोजकलाई विशेष धन्यवाद दिुनभयो ।

भक्तपुरमा सेना, प्रहरी, कर्मचारी, जनप्रतिनिधि तथा स्वानीयवासीमा एउटौ चाहना विकास र समृद्धि भएको बताउँदै उहाँले भक्तपुरले राज्यको जिरो लगानीमा गर्न सक्ने विकास निर्माणका कामहरुको नयाँ नयाँ उपायहरुको खोजी भइरहेको जसमा सफाई अभियान, अरनीको राजगमार्गमा सर्भिस ट्र्याक लगायतका कामहरु भएको जानकारी गराउनुभयो ।

उहाँले सुविधा सम्पन्न आधुनिक वीर अस्पताललाई पाँच सय ९० रोपानी जग्गामा प्रदान गरेको तर निर्माण प्रकृया ढिलाई भएकाले त्यसलाई चाँडो अघि बढाउनुपर्नेमा जोड दिँदै लगानी सम्मेलनमा भक्तपुरका विशेष गरी वीर अस्पताल, स्मार्ट सिटी, प्राणी उद्यान केन्द्र, बाहिरी चक्रपथ, अन्तराष्ट्रिय सभा गृह, अन्तर्राष्ट्रिय रंगशाला लगायतका विकासमा विदेशी लगानीकर्ताले विशेष चासो दिएको बताउनुभयो ।

नेपाल इन्जिनियरिङको समस्या समाधान गर्ने सवालमा सरकारले विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड रहेको थियो । उहाँले संसदको शिक्षा तथा स्वास्थ्य समितिले कलेजको संचालक समितिको मोडालिटी तथा कलेजमा भएको अनियमितताको बारेमा छानविन गर्न सरकारलाई निर्देशन दिएको र त्यसलाई चाँडो निचोडको बाटोमा सरकार पुग्नुपर्नेमा जोड दिनुभयो ।

कलेजमा लम्बोदर न्यौपाने लगायतले गरेको अनियमितता तथा अख्तियार दुरुपयोग आयोगका पूर्वआयुक्त राजनारायण पाठकले ७८ लाख खुस खाएर गडवडी गर्ने काम भएको भन्दै कलेजकै कारण नेपालको इतिहासमा नै पहिलो पटक अख्तियारले आफ्नै सदस्यलाई मुद्धा हाल्ने वातावरण सिर्जना भएको बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com