आज घोडेजात्रा, विभन्न कार्यक्रम गरि मनाईदैं
काठमाडौँ, २२ चैत । चैत कृष्ण औंसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी हर्सोउल्लसका साथ मनाइँदैछ ।
नेपाली सेनाले टुँडिखेलमा अश्वकला, युद्धकला, मोटरसाइकल खेल, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्दैछ ।
आजकै दिन ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा पनि छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।