फ्राईडे रिलिज अन्तर्गत आज हलमा लभ स्टेशन
काठमाडौँ, २२ चैत । फ्राईडे रिलिज अन्तर्गत आज हलमा फिल्म ‘लभ स्टेशन’ सिंगल रिलिज भएको छ ।
‘लभ स्टेशन’ ले मल्टीप्लेक्सहरुमा उच्च सोज हात पारेको छ । नेपालकै ठूलो र स्तरीय मल्टीप्लेक्स च्यानल क्यूएफएक्सले मात्र राजधानीका पाँच स्टेशनमा फिल्मलाई १९ र मोफसलका चार स्टेशनमा १७ सोज प्रदान गरेको छ ।
उज्ज्वल घिमिरे निर्देशित फिल्ममा प्रदिप खड्का र जसिता गुरुङको अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मलाई काफिया शाही र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको फिल्मको गीतमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।