प्रहरी महानिरीक्षक खनाल फ्रान्स प्रस्थान

काठमाडौँ, २२ चैत । इन्टरपोलको १५ औं सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्स प्रस्थान गरेका छन् ।

फ्रान्समा इन्टरपोलको १५ औं सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

चैत २६ देखि २८ गतेसम्म सञ्चालन हुने सम्मेलनमा सुरक्षा प्रमुखहरुसँगको अन्तरक्रियाबाट एनसीबीहरुको कार्यशैलीमा थप प्रभावकारिता ल्याउन अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षा सम्बन्धी नयाँ रणनीतिहरुमा सहकार्य गर्ने सम्बन्धमा छलफल हुनेछ ।

वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित महानिरीक्षक खनाललाई विदाइ गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com