प्रधानमन्त्री ओलीद्वारा साहित्यकार थापाको ‘मरिचिका’ विमोचन

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक ‘मरिचिका’को विमोचन गरेका छन ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा उक्त पुस्तक प्रधानमन्त्री ओलीले विमोचन गरेका हुन  ।

साहित्यकार थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । ‘वहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो ।’ ‘अरु सशक्त अवस्थामा रहेकाहरुले वहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्नसक्नु पर्दछ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com