काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित

काठमाडौँ, २३ चैत । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको केन्द्रिय कार्य समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रिय कार्य सम्पादन समिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले बताए ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रिय कार्य सम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताएपनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए ।

काँग्रेसको नयाँ विधानमा २८ वटा विभागहरु गठन गर्ने व्यवस्था गरिएको छ । तर सभापति देउवाले ती विभागहरु गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com