स्वाथ्यको अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिवद्ध : मन्त्री यादव

काठमाडौँ, २३ चैत । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनताको स्वाथ्यको अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन  ।

आज काठमाडौमा अन्तराष्ट्रिय स्वास्थ्य दिवसका अबसरमा राष्ट्रिय नागरिक बिकास मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउदै लैजाने बताएका छन ।

मन्त्री यादवले स्वास्थ्य बीमा कार्यक्रम अब छिटै सबै जिल्लामा लागू हुने बताएका छन । उनले रोग लाग्न नदिन स्वच्छ वातारण निर्माण गर्नुपर्ने बताउदै खाद्य पदार्थ, पिउने पदार्थ र वातावरणलाई ध्यान दिन सके रोग लाग्नबाट बच्न सकिने सुझाव समेत दिए  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com