लेक लागेर एकजनाको मृत्यु

सोलुखुम्बु, २४ चैत । खुम्बु क्षेत्र गएका पर्यटकका एकजना भरियाको लेक लागेर मृत्यु भएको छ ।

महाकुलुङ गाउँपालिका १ का २१ वर्षीय जयराम कुलुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गएको बिहिबार नै कुलुङको ज्यान गएको भए पनि शनिबार मात्रै प्रहरी घटनास्थल पुगेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

हिमालयन एकतासी कम्पनीमार्फत पर्यटक भरियाको रुपमा नाम्चेबाट सगरमाथा आधार शिविर जाने क्रममा लबुचे पुग्दा उनी बिरामी भएका थिए । खुम्बुपासाङल्हामु गाउँपालिका–४ थुक्लामा रहेको अमरबहादुर राईको होटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com