आवश्यक्ता अनुसार संविधान, कानुन परिमार्जन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यक्ता अनुसार संविधान, कानुन परिमार्जन गर्दै लैजाने बताएका छन ।

सोमबार काठमाडौँमा नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको बताउदै विगतका गलत अभ्यास र परम्परालाई त्यागेर देशलाई समृद्ध बनाउने अभियानमा सक्रियताका साथ लाग्न निजी क्षेत्रलाई आह्वान गरेका छन ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। युवराज खतिवडाले देशको विकास निर्माणको काममा तीव्रता दिन निजी क्षेत्रले उल्लेख्य योगदान दिन सक्ने बताएका छन । लगानी सम्मेलनपछि देशलाई समृद्ध बनाउने आधार झनै बलियो भएको भन्दै अर्थमन्त्री खतिवडाले त्यसका लागि आवश्यक सबै खालको नीतिगत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com