क्रान्तिकारी अध्यक्ष तामाङ भेनेजुएला प्रस्थान

काठमाडौँ, २५ चैत ।  सत्तारुढ नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ भेनेजुएला प्रस्थान गरेका छन् ।

विश्व प्रजातान्त्रिक युवा संघको साधरण सभामा भाग लिन अध्यक्ष तामाङ त्यसतर्फ प्रस्थान गरेका हुन ।

क्रान्तिकारी अध्यक्ष तामाङसँगै युवा संघ नेपालका सचिव सन्तोष पौडेल र अनेरास्ववियु प्रवक्ता सुदिप शर्मा भेनेजुएला प्रस्थान गरेका छन् ।

अध्यक्ष तामाङको उनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सुरेन्द्र बस्नेतले पाएका छन् । बस्नेतलाई आजै अध्यक्ष तामाङले कार्यवाहक अध्यक्षको पत्र दिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com