सभामुख महरा र पाकिस्तानका सभामुख आइसरबीच शिष्टाचार भेटवार्ता
कतार, २६ चैत । सभामुख कृष्णबहादुर महरा र पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद आइसरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आइपीयूको १४० औं सभामा सहभागी हुन कतार पुगेका पाकिस्तानका सभामुखसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटको क्रममा सभामुख महराले नेपाल-पाकिस्तानबीचको कूटनीतिक सम्बन्ध घनिष्ठ रहेको भन्दै आगामी दिनमा पनि त्यसलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए ।
सभामुख महराले नेपालको संसदका तर्फबाट गठन गरिएको नेपाल-पाकिस्तान संसदीय मैत्री संघको नामावली पाकिस्तानका सभामुखलाई हस्तान्तरण गरेका थिए ।
पाकिस्तानका सभामुख असदले आफूहरुले पनि चाँडै पाकिस्तान-नेपाल संसदीय मैत्री संघको गठन गर्ने बताउदैउनले नेपालसँगको सम्बन्ध बलियो रहेको भन्दै संसदीय मैत्री संघले कूटनीतिक मात्रै नभई राजनीतिक सम्बन्ध प्रगाढ बनाउन थप टेवा दिने विश्वास व्यक्त गरेका बताएका छन ।
सभामुख महराले नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको जानकारी गराउँदै सभामुखसहितको टोलीलाई नेपाल भ्रमणका लागि आग्रह समेत गरेका छन ।