सम्बन्ध विच्छेद गर्दा अंश लिदैनन् महिला

सम्बन्ध विन्छेद गर्दा महिलाले श्रीमानको सम्पत्तिबाट अंश पाउने कानुनी व्यवस्था छ । महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि धेरै महिलाले श्रीमानबाट अंश लिने गरेका छैनन् ।

आइतबार जिल्ला अदालत मोरङमा ६ जोडीले सम्बन्ध विच्छेद गरे । तीमध्ये चार जोडी मोरङ बेलबारी नगरपालिकाका मात्रै थिए । सम्बन्धविच्छेदन गर्ने महिला कसैले पनि श्रीमानबाट अंश लिएनन् । आइतबार जिल्ला अदातलमा मोरङले २ नम्बर इजलासमा न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायले सम्बन्धविच्छेदको मिसिल हेरिरहनुभएको थियो । यो समाचार गोरखापत्रमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com