पूर्वसभासद गोल्छाको निधन

काठमाडाँ, २७ चैत । नेपाली कांग्रेसका पूर्वसांसद तथा नेपालको प्रसिद्ध ब्यापारिक घराना गोल्छा अर्गनाइजेशनका मालिक दिवाकर गोल्छाको बुधबार राति भारतको चेन्नइमा निधन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका ६७ वर्षीय गोल्छाको दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् । हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेशनले चलाउछ । गोल्छाको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ । गोल्छाका दुई छोरा छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com