सरकारद्वारा बाढी पहिरो पीडितलाई प्रति परिवार ३ लाख दिने घोषणा

सुर्खेत, २७ चैत । कर्णाली प्रदेश सरकारले प्रदेशका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि प्रति परिवार तीन लाख रुपैयाँ दिने भएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २०७१ सालमा सुर्खेतमा आएको बाढीबाट प्रभावित पीडित र जाजरकोट, सल्यानलगायतका जिल्लाका बाढीपीडितलाई घर निर्माणका लागि उक्त सहयोग दिने घोषणा गरेको हो ।

कर्णाली प्रदेश सरकारले जग्गा भएकाहरुको हकमा तीन लाख उपलब्ध गराउने र जग्गा नभएकाको हकमा जग्गा व्यवस्थापन गरेर एकीकृत बस्ती विकासको रुपमा काम गर्ने भएको छ ।

२०७१ साउन अन्तिम साता आएको बाढीले सुर्खेतमा एक हजार ४५ पीडित परिवारको संख्या भएको उहाँले जानकारी दिनुभयो । जस मध्ये ५ सय १४ परिवारको जग्गा मात्र भएर घर क्षति भएको र ५ सय ३१ परिवार पूर्ण क्षति भएका छन् ।

१५ दिन भित्र पीडितहरुको लगत संकलन गरी स्थानीय विपत व्यवस्थापन समिति मार्फत कार्यविधि र मापदण्ड नबाएर रकम उपलब्ध गराउने जानकारी दिनुभयो ।

सुर्खेतका बाढीपीडितका लागि प्रदेश सरकारले ३१ करोड ३५ लाख रुपैँया बजेटको अनुमान गरेको छ । अन्य जिल्लाको तथ्याङ्क संकलन भइरहेको जनाइएको छ ।

यस्तै मन्त्रीपरिषद बैठकले हालै हावाहुरी र असिना पीडितका लागि २ करोड बजेट छुट्टाउने निर्णय गरेको छ । दैलेखलगायतका ठाउँमा आएको असिना र हावाहुरीले कृषकहरुको बालिमा क्षति पु¥याएको भन्दै राहत स्वरुप सुरुमा २ करोड छुट्टाइएको बताइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com