अनेरास्ववियूको अभियान : ‘म बनाउँछु, मेरो विद्यालय, हामी बनाउँछौं, हाम्रो विद्यालय’

काठमाडौँ, १ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूले ‘म बनाउँछु, मेरो विद्यालय, हामी बनाउँछौं, हाम्रो विद्यालय’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ ।

अनेरास्ववियू (क्रान्तिकारी)का कार्यवहाक अध्यक्ष सुरेन्द्र बस्नेत तथा अनेरास्ववियुको उपाध्यक्ष रश्मी आचार्यले संयुक्त रुपमा शनिवार एक विज्ञप्ती जारी गर्दै आगामी दिनमा शैक्षिक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएको छ । सार्वजनिक विद्यालयको स्तरउन्नती गर्नको लागि शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग समेत गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com