भेरी–बबई डाइभर्सनको सुरुङको ‘ब्रेक थ्रू’ मंगलवार प्रम ओलीबाट हुने

काठमाडौँ, २ वैशाख । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङको मंगलबार ‘ब्रेक थू’ हुँदैछ ।

निर्धारित समय भन्दा करि एक वर्ष अघि नै उक्त डाइभर्सन बैक थ्रु हुन लागेको हो । ०७४ कार्तिक मसान्तदेखि नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन ९टीबीएम० को प्रयोग गरिएपछि ०७६ चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको हो ।

औपचारिक घोषणाका लागि सुरुङको कूल १२ दशमलव २१० किलोमिटर लम्बाइमध्ये जम्मा दुई मिटर मात्र खन्न बाँकि राखिएको छ । मंगलबार आयोजनास्थलमै एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङ खन्ने काम सकिएको घोषणा गर्ने तय भएको आयोजनाकाका निर्देशक सञ्जीव बरालले अनलाइनखबरलाई जानकारी दिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसहित प्रदेश मन्त्रीहरु पनि सहभागी हुँदैछन् ।

बबई किनारबाट सुरुङभित्र पसेको टीबीएम मेसिन मंगलबार भेरी किनारमा निस्किनेछ । टीबीएमले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तिखालबाट चिप्लेसम्म सुरुङ खनेको हो ।

भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिञ्चाई सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । सिञ्चाइ अभावमा बाँझो हुने बाँके र बर्दियाका खेतियोग्य जमिन आयोजना बनेपछि सिञ्चाई हुनेछ ।

आयोजनाबाट दुई जिल्लाका ५१ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुग्नेछ । बाह्रै महिना सिञ्चाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न अपेक्षा छ । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिञ्चाइ योजना विस्तार गर्ने योजना छ ।

चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । जमिनमा सिञ्चाई सुविधा उपलब्ध भएपछि आयोजनाबाट सरकारलाई वार्षिक तीन अर्ब र उत्पादित विद्युतबाट ४ अर्ब आम्दानी हुने प्रक्षेपण रहेको छ ।

साढे १० अर्बमा सम्झौता भएको सुरुङका लागि फागुन मसान्तसम्म झण्डै ८ अर्ब खर्च भएको छ । सिञ्चाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुनेछ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष ७९र८० सम्म सक्ने लक्ष्य छ ।

सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिएपनि आयोजनामा त्यसको फिनिसिङदेखि अन्य पूर्वाधारको काम भने बाँकी छ । यो बर्खाभरी सुरुङको फिनिसिङ गरिनेछ । सुरुङ निर्माणको सकिएको घोषणा भएपछि सुरुङभित्र सरसफाइ गर्नुका साथै विद्युतगृह ९पावरहाउस० र बाँध ९ड्याम० निर्माणको काम शुरु गर्ने तयारी छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com