विदेशबाट फर्किएका युवाको सीप परीक्षण आजदेखि : २० वटा कामको सीप परीक्षण हुने

काठमाडौँ, ३ वैशाख । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर सीप परीक्षणका लागि निवेदन दिएका व्यक्तिको सीप परीक्षण मंगलबारदेखि ७ गतेसम्म गर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७५र७६ मा वैदेशिक रोजगारीबाट फर्किएका एक हजार जना युवाको सीप परीक्षण गर्न आवेदन माग गरेको थियो । फारम भर्ने म्याद थप्दा पनि झण्डै साढे ४ सय जनाले मात्रै सीप परीक्षणका लागि निवेदन दिएका छन् ।

वैदेशिक रोजगारीबाट फर्किंदा कामको प्रमाणपत्र नहुने र केही काम नपाएको भन्दै फेरि पनि विदेश नै जानुपर्ने अवस्थाको अन्त्य गर्न भन्दै सरकारले पहिलो पटक सीप परीक्षण गरेर प्रमाणपत्र दिन लागेको हो । सरकारले पहिलो पटक सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको हो । सीप परीक्षण र प्रमाणिकरण गरेर गरेपछि त्यसमा उत्तीर्ण भएका कामदारले लोकसेवाको परीक्षा पास गरेकै सरहको मान्यता पाउने बोर्डको भनाई छ ।

काम गर्न जानेका तर औपचारिक शिक्षा नलिएका व्यक्तिहरुले लेभल एकको तालिम लिएपछि मुखिया, लेभल दुईले खरिदार र लेभल तीनले सुब्बा सरहको मान्यता पाउनेछन् ।

पहिलो पटक सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको सरकारले यो वर्षका लागि विल्डिङ पेन्टर, स्कापफोल्डर, बिल्डिङ इलेक्ट्रिसियन, असिष्टेण्ट वेटर, हाउसकिपिङ क्लिनर, रेफ्रिजेनेटर एण्ड एअर कन्डिसन जुनियर मेकानिक्स, टेलरिङ र फर्निचर मेकरको सीप परीक्षण गर्ने बताएको छ । यस्तै सटरिङ कापेन्ट्री, इन्डस्ट्रियल इलेक्ट्रिसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन ९डकर्मी०, असिष्टेन्ट ब्यूटिसियन, कमी तेस्रो, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण र प्रमाणिकरण गरिने बोर्डले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com