बुद्ध एयरको खण्डन : मन्त्रीलाई कुरेको भए ६८ यात्रुले सास्ती पाउँथे

काठमाडौँ, ४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूलाई छोडेर भैरहवाबाट बुद्ध एयरलाइन्सले उडान गरेको भनी दिएको अभिव्यक्तिको उक्त एयरलाइन्सले खन्डन गरेको छ ।

एयरलाइन्सका अनुसार बैसाख २ गते काठमाडौं–भैरहवाको उडान नं ८५७ ले ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले बेलुका ७ बजे उडान भरेको थियो भने अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो । काठमाडौंबाट उड्नेबित्तिकै भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्री र उनको टोली सो उडानबाट नजाने र बैसाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गरेको बुद्धले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एयरलाइन्सले मन्त्रीका लागि ३०–३५ मिनेट उडान रोकेको भए जहाज भैरहवामै बस्नुपर्ने भएको समेत जनाएको छ। जहाज मन्त्रीका लागि कुरेर बस्दा उडान नहुने अवस्था आउने र अन्य ६८ यात्रुले सास्ती भोग्नुपर्ने समेत बुद्ध एयरको भनाइ छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com