हनुमन्ते नदी सफाईको ५९औं हप्ता : अरनीको राजमार्गमा सिसि क्यामरा जडान
भक्तपुर, ४ वैशाख । ‘उठौं जागौं हनुमन्ते नदी सफा गर्न लागौं’ भन्ने मूख्य नाराका साथ शुरु भएको हनुमन्ते नदीको सफाई अभियानले आज ५९औं हप्ता पार गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलेका विशेष पहल, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाको संयोजकत्व तथा रुद्र पौडेललको उत्प्रेरकका साथ थालिकएको उक्त अभियानले आफ्नो उद्देश्य उन्ुमख भइरहेको छ ।
सफा, सुन्दर तथा पर्यटकिय स्थलको रुपमा विकास गर्दै स्वच्छ वातावरणमा बाँच्न पाउने मानिसको नैसर्गिक अधिकारलाई स्थापीत गराउने मात्र नभई भक्तपुरमा रहेका हिंसा, दुर्घटना, विकृति तथा विसंगतिलाई अन्त्य गराउने योजनाको साथ थालिएको उक्त अभियानले मूर्त रुप लिइरहेको छ ।
भक्तपुरमा मात्र नभई उक्त अभियानले सरकारको आगामी २०८५ साल सम्ममा देशलाई फोहोर मुक्त बनाउने अभियानलाई सारथीको रुपमा रहेको छ । पछिल्लो समय उक्त अभियान सफाईको लागि मार्गदर्शकको रुपमा नै देखिएको छ ।
भक्तपुरको सफाई अभियानलाई आत्मसात्् गर्दै देशका विभिन्न ठाउँहरुमा राज्यको शुन्य लगानीमा सफाई अभियानहरु शुरु भएका छन् । उक्त अभियानले भक्तपुरलाई सफा, सुरक्षित तथा सुन्दर बनाउने परिकल्पना नभई अभियानले विकास र समृद्धिको ढोकालाई खुल्ला गराउने कार्य समेत गरेको छ ।
अभियानकै क्रममा भक्तपुरमा भइरहेका विकास निर्माणका कार्यहरुको अनुगमन तथा मूल्याङ्कनका साथ साथै मानिसमा एकता, सहकार्य, सद्भाव लगायतका कुराहरु समेत प्रकट भएको छ ।
भक्तपुरमा फोहोर फाले कारवाही गर्ने बताउँदै बढी मात्रामा फोहोर हुने स्थानहरुमा सिसि क्यामरा जडान गर्ने कार्य समेत थालिएको छ । यसै क्रममा आज जगातीमा रहेको यातायात कार्यालय छेउमा समेत सांसद बस्नेतको प्रमुख आतिथ्यमा क्यामरा जडान गरिएको छ । क्यामराले फोहोर गरेको कैद गरेका जो कोहीलाई कानुनी कारवाही गर्ने सांसद बस्नेतले बताउनुभयो ।
अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न संघ संस्था, पातञ्जल योग समिति, विद्यार्थी, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।