भारतमा भीषण आँधी र चट्याङबाट कम्तीमा ७८ को मृत्यु

एजेन्सी, ५ बैशाख । नयाँदिल्ली–भारतका विभिन्न राज्यमा आएको भीषण आँधी र चट्याङबाट कम्तीमा ७८ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी राजस्थान र उत्तर प्रदेश प्रभावित बनेका छन् । स्थानिय सञ्चारमाध्यमका अनुसार राजस्थानमा चट्याङले चार बालबालिकासहित ११ जनाको मृत्यु भएको छ ।

भारतको गुजरात, अहमदावाद, राजकोट, पटनालगायत अन्य कयौं जिल्ला आँधीबाट प्रभावित रहेको सञ्चारमाध्यमहरुले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com