यात्राको ‘फ्लाइङ्ग’ गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, ५ बैशाख । सम्राट शाक्यको निर्देशनमा रहेको फिल्म ‘यात्रा’को ‘फ्लाइङ्ग’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक सुगम पोखरेल रगायिका मेलिना राईको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द र संगीत रहेको छ । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा मलिका महत र  सलिनमान बनियाको अभिनय रहेको छ ।

फिल्ममा सलिनसंगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल,  कमल मैनाली, सौगात शर्मा लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com