पहाडी भूभागमा मौसम बदली हुने

काठमाडौँ, ६ वैशाख । सामान्यतया मनसुन अघिको अवस्थामा बिहान सफा भएको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै एकैछिनमा बदली हुँदै गर्ने मौसमविद्ले अनुमान गरेका छन् । अरु ठाउँको मौसम भने सफा हुनेछ । यस्तै स्थानीय वायुको प्रभावले कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा भने घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

गएको वर्षको तुलनामा यो वर्ष मनसुन अघिको अवस्था सक्रिय भएका कारण दिनदिनै हावाहुरी र चट्याङसहित पानी परेको महाशाखाले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com