प्रवक्ता प्रियङ्काद्वारा भारतीय कांग्रेस पार्टी परित्याग

एजेन्सी, ६ बैशाख । भारतीय कांग्रेसकी प्रवक्ता प्रियङ्का चर्तुवेदीले पार्टी परित्याग गरेकी छिन् ।

आफूमाथि दुर्व्यवहार गर्ने उत्तर प्रदेशका पार्टी कार्यकर्तालाई पार्टीमा पुनःस्थापित गरेकोमा आपत्ति जनाएकी उनले अन्तत पार्टी नै परित्याग गरेकी हुन् ।

पार्टीविरुद्ध कडा टिप्पणी गरेकी उनले शुक्रबारदेखि नै पार्टीको प्रवक्ताको पद हटाएर आफूलाई लेखिका र कोलमिस्ट उल्लेख गरेकी छन् ।

प्रवक्ता चतुर्वेदीले अध्यक्ष राहुल गान्धीलाई सम्बोधन गरी राजीनामा दिएको आफ्नो ट्विटर ह्याण्डलमा उल्लेख गरेकी छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com