भ्याकुर खाँदा १० जना बिरामी

तनहुँ, ७ वैशाख । जंगलबाट ल्याएको भ्याकुर खाने क्रममा तनहुँमा १० जना बिरामी परेका छन् ।

शुक्रबार बेलुका व्यास नगरपालिका वडा नं. ६ कलेस्तीस्थित जंगलबाट ल्याएको वन भ्याकुर खाँदा बिरामी परेका व्यास १ गल्फुबेशीका १० जनाको दमौली अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिरामी हुनेहरूमा खुसी गुरुङ, चन्द्रकला गुरुङ, मिश्र गोदार, सिता पहाडी, सम्पन्न गुरुङ, गिता गोदार, मायाँ राना, गुनुमाया गुरुङ, श्रीबहादुर गुरुङ र माया गुरुङ रहेको तनहुँ प्रहरीले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com