मुस्लिम आयोगका अध्यक्ष अन्सारीद्वारा एक सय परिवारलाई जस्तापाता प्रदान

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बाराको फेटा गाउँपालिकाका हावाहुरी पीडितहरूलाई जस्तापाता सहयोग जुटाएर हस्तान्तर गरेको छ ।

अध्यक्ष अन्सारीले फेटा गाउँपालिका ६ पुरैनियाका बरिक एक सय परिवारलाई टहरा बनाउन आवश्यक जस्तापाता सहयोग जुटाएका हुन । करीब १० लाख रुपियाँ बराबरको जस्तापाता उपलब्ध गराइएको आयोगका अध्यक्ष अन्सारीले बताए ।

अध्यक्ष अन्सारी पुरैनिया गएर सहयोगस्वरुप जुटेको जस्तापाता वडाध्यक्ष जाकिर हुसैनलाई हस्तान्तरण गरेका हुन् । आयोगले बर्खा सुरु नहुँदै ती बस्ती व्यवस्थापनमा ध्यान दिन केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com