मृत अवस्थामा रिनाको शव फेला पर्यो
मोरङ, ७ वैशाख । मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव विभत्स अवस्थामा भेटिएको हो ।
शुक्रवार राति पथरी बजारमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सोहि सांस्कृतिक कार्यक्रममा छोरासहित पुगेकी उनको बिहान स्थानीयले शव भेटेका थिए । महिलाले राति मदिरा सेवन गरेको देखिएको प्रहरीले जानकारी दिएको छ । राति मदिरा सेवन गरेर फर्किएकी रिनाको भित्री बस्त्र भने कोठामै भेटिएको प्रहरीले जनाएको छ ।
रिनाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका छ । रिनाको टाउकोमा गहिरो चोट पनि देखिन्छ । रिनाका श्रीमान भने बैदेशिक रोजगारीमा छन् । उनी एक छोरासँग डेरामा बस्दै आएकी थिइन् ।