फलाम खानीको उत्खनन् सुरु गर्छौं, हजारौंलाई रोजगारी दिन्छौं : प्रम ओली
नवलपरासी, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गर्ने र हजारौंलाई रोजगारी दिने बताउनुभएको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा शनिवार नमुना सदरमुकाम निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकार नयाँ ऊर्जा र आत्मविश्वासका साथ अगाडि बढिरहेको बताउनुभयो । उहाँले अहिले सरकार विकासका योजना बनाउन बजेट निर्माण गर्न लागि परिरहेको र जनतालाई विकासको नेतृत्व लिन सक्ने वातावरण गराउनका लागि खटिरहेको स्पष्ट पार्नुभयो ।
बुटवल नारायणगढ सडकखण्डलाई फोरलेन बनाउने कामको सुरुवात भइसकेको र दुम्कीबासदेखि बर्दघाटसम्मको जोखिमपूर्ण क्षेत्रमा केही वर्षभित्रै सुरुङमार्ग निर्माण गरिने बताउनु भयो । धौवादीको फलाम खानी पनि अब छिट्टै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको समेत ओलीले बताउनु भयो । संविधानमा यस क्षेत्रलाई जिल्ला कायम गर्न आफूले धेरै मेहनत गर्नु परेको स्मरण समेत कार्यक्रममा गराउनु भयो । ‘यस क्षेत्रलाई जिल्लाको रुपमा स्थापित गराउन र यसलाई प्रदेश नं ४ मा राखेर भारतसँग सिमाना जोडाउ मैले धेरैजना नेताहरुलाई सम्झाउनु प¥यो’, प्रधानमन्त्री ओलीले भन्नुभयो’, ‘अब यो नयाँ जिल्लाले आफूलाई देश कै नमुना जिल्लाको रुपमा पहिचान बनाउनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले आगामी तीनबर्ष भित्र हरेक घरमा बिजुली पु¥याइने घोषणा समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही बर्ष भित्र दाउन्नेका पहाडमा सुरुंग मार्ग बनाउछौं ।’ उहाँले देशभर विकास निर्माणका कामहरूले तीव्रता पाएको भन्दै अब देश विकासको बाटोमा अगाडि बढेकोले विकास हुनबाट कसैले सोक्न नसक्ने बताउनुभयो ।