त्रुटी सच्याइन्छ, अमानवीय व्यवहार स्वीकार्य हुँदैन : मन्त्री ज्ञवाली

काठमाडौँ, ८ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कर्मचारीको मागप्रति सरकार गम्भीर र चिन्तित रहेको बताउदै त्रुटी सच्याइने साथै अमानवीय व्यवहार स्वीकार्य नहुने बताएका छन ।

निजामती कर्मचारी सङ्गठनको २९ औं स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री ज्ञवालीले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा कार्यान्वयन एवं सङ्घीयता कार्यान्वयन सफल पार्ने अभियानमा परिणाम देखिने गरी सहयोग पु¥याउन निजामती कर्मचारीलाई आह्वान गरेका छन ।

उनले भने, ‘मुलुकको शासन पद्धति बदलीयसँगै भूमिका, कार्यशैली बदलीयको छ, लोकतन्त्रका लागि र लोकतन्त्रमा दल र सङ्गठनका भूमिका र कार्यशैली फरक हुन्छ भन्ने पाटोलाई निजामती प्रशासनले बुझनु पर्दछ । कर्मचारीको मागप्रति सरकार गम्भीर र चिन्तित छ । गुनासा सम्बोधन हुनेछ, त्रुटी सच्याइनेछ तर अमानवीय व्यवहार भने स्वीकार्य हुन सक्दैन ।’

निजामती प्रशासनलाई जनताको सेवक हो भन्ने प्रष्ट पार्न सङ्गठनका पदाधिकारीलाई सुझाव दिदै उनले भने प्रशासनिक नेतृत्वमा मात्र होइन, कयौँ राजनीतिक नेतृत्वमा समेत केन्द्रकृत मानसिकता रही आएको बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com