भिटामिन ‘ए’ को कमी भए के हुन्छ ?

शरीरलाई स्वास्थ राख्न साथै रोगबाट बचाउन भिटामिन आवश्यक पर्दछ । दैनिक आहारमा भिटामिन ‘ए’ को उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामिन एको कमी गर्भवती महिला लागि खतरापूर्ण मानिन्छ । त्यसैले भिटामिन ए स्वास्थ्यका लागी महत्वपूर्ण रहेको छ । भिटामिन एका महत्वपूर्ण स्रोतमा गाँजर, ब्रोकाउली, तोरीको साग, गोलभेंडा, आँपलगायत हुन् ।

भिटामिन ‘ए’ कमी भएमा

१. छाला सुख्खा हुनु साथै छालामा संक्रमण भईरहनु ।

२. आँखा सुख्खा हुनु साथै राति आँखा देख्न गाह्रो हुनु ।

३. गर्भाधान नहुनु ।

४. बालबालिकाको ढिलो विकास हुनु ।

५. पटकपटक छाति तथा घाँटीको संक्रमण हुनु साथै घाउ ढिलो निको हुनु ।

भिटामिन ‘ए’ कसरी पाइन्छ ?

भिटामिन ‘ए’ गाँजर, पालुङ्गो, रायोलगायत हरियो सागसब्जी, पहेंला फलफूल, माछा, घ्यू, अन्डाको पहेंलो भाग, फर्सी, ब्रोकाउली, गोलभेंडा आदिमा पाइन्छ ।

नेपाल सरकारले राष्ट्रिय रुपमा ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com