नायक सौगात र नायीका सृष्टि एउटै फिल्ममा

काठमाडौँ, ८ बैशाख । शिशिर राणाले निर्देशन गर्ने फिल्म ‘पोई पर्‍यो काले’ मा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले सगै काम गर्ने भएका छन ।

उक्त फिल्ममा सौगात र सृष्टिले एक दिनको अन्तरमा साइन गरेका हुन् । जेठबाट छायांकन सुरु हुने फिल्मको निर्माता भने दिपक मनाङ्गे हुन् ।

श्यामबहादुर थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेका छन । उनीहरुभन्दा अगाडि यस फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा भित्रिसकेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com